राष्ट्रपति भण्डारी छोरीको घरमा सर्दै, बिदाइ गर्न पुगे मुख्यमन्त्री अधिकारी
पाेखरा | फागुन २९, २०७९
पोखरा: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो छोरीको घरमा सर्ने भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै शीतलनिवास जाने तयारी छ ।
राष्ट्रपति भण्डारीका सचिवालयका अनुसार भण्डारीको घर बन्दै गरेकाले शीतलनिवासबाट केही समय छोरीको घरमा सर्ने तयारी गरेकी हुन् । भण्डारीका दुई छोरीहरु छन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहेकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार समाल्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी हिजो (आइतबार) नै काठमाडौं पुगेका छन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्ने भन्दै मुख्यमन्त्री अधिकारीलाई काठमाडौं निमन्त्रणा गरेको हो । नेकपा एमालेले भोलि उपराष्ट्रपतिको निर्वाचन केन्द्रित छलफल गर्ने भएकाले मुख्यमन्त्री अधिकारी काठमाडौं गएका हुन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

